काठमाण्डौ । कारोबारको तेस्रो दिन घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ ।

संस्थाको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएपछि पोजेटिभ सर्किट लागेको हो । संस्थाको प्रतिकित्ता सेयरमा ५८ रुपैयाँले वृद्धि भएर ६३८ रुपैयाँ पुगेको छ । हिजो सोमबार संस्थाको प्रतिकित्ता सेयर ५८० रुपैयाँ रहेको थियो ।

उता मार्केट डेप्थमा संस्थाको सेयर बेच्नेभन्दा किन्नेको चाप बढी देखिएको छ। यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा २ हजार ९३० कित्ता सेयर खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ ८२० कित्तामात्र पोस्ट भएको छ ।