काठमाण्डौ । चैत कृष्णऔँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाण्डौ उपत्यकामा मनाइँदैछ।
घोडेजात्राको दिन आज सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदाका कारण आज काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाका सार्वजनिक कार्यालयहरु बन्द रहनेछन्।
राष्ट्र बैंकले भने आज अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। उता राहदानी विभाग पनि खुला रहने भएको छ।
आज सार्वजनिक बिदा दिइएकोले सेयर बजार बन्द रहने भएको छ। अब बजार भोलि बुधबार खुल्नेछ।
हिजो सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा बन्द भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19