काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विवादास्पद घोराही सिमेन्टको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। 

सेबोनले आज एक सूचना जारी गर्दै यस्तो निर्णय भएको जानकारी गराएको हो। फर्जी आवेदन परेसँगै घोराही सिमेन्टको आईपीओ स्थगन गरेर गठित जाँचबुझ समितिको प्रतिवेदनका आधारमा ४ बुँदे निर्णय गर्दै सेबोनले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।  

घोराही सिमेन्टको आईपीओका लागि सी–आस्बा प्रणालीमा दर्ता भएका आवेदकहरुको हकमा आवेदन गरेको सेयर कित्ता थपघट गर्न वा आवेदन दर्ता तथा खारेज गर्न सक्ने व्यवस्था सेबोनले गरेको छ। यसका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले ३ दिनको समय दिने व्यवस्था मिलाउन पनि सेबोनले निर्देशन दिएको छ। 

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १० को उपनियम (२) मा उपनियम (१) बमोजिमको अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा संगठित संस्थाले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि धितोपत्रको दरखास्त खुला राख्न सक्नेछ भन्ने व्यवस्था रहेको हुँदा थप गरिएको ३ दिनको समयावधिभित्र माग गरिएको सम्पूर्ण धितोपत्र बिक्री नभएमा मिति जेठ ३२ गतेदेखि असार ४ गतेसम्म ५ दिन निष्काशन खुला भइसकेको सन्दर्भमा आवेदन संशोधनका लागि थप गरिएको ३ दिनको समयपश्चात वढीमा थप ७ दिन निष्कासन खुला राख्न सकिने व्यवस्था गर्न पनि सेबोनले निर्देशन दिएको छ। 

यस्ता छन् धितोपत्र बोर्डको निर्देशन