काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको आइतबार (असार १७ गते) बसेको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो।
हकप्रद निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पेस गर्नका लागि विद्युत नियमन आयोगबाट पूवस्वीकृति लिने पनि कम्पनीले निर्णय गरेको छ।
हाल कम्पनीको लमजुङको सिउरीखोला साना जलविद्युत आयोजना (४.९५ मेगावाट)बाट नियमित विद्युत उत्पादन तथा वितरण भइरहेको छ।
सञ्चालित उक्त आयोजनाको मर्मतसम्भार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सिर्जना गरी राष्ट्रिय पुँजी वृद्धि गर्न आयोजनाको सञ्चित मुनाफा, बैंक ऋणलगायतका वैकल्पिक स्रोतबाट मात्रै सम्पूर्ण रकम जोहो गर्न नसकिने भएकोले हकप्रद सेयर जारी गर्न लागिएको कम्पनीले जनाएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19