काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज भदौ १७ गते अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि भदौ १८ गते एक दिनका लागि बुक क्लोज निर्णय गरेको छ। यसको अर्थ आज भदौ १७ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीको लाभांश र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनी सञ्चालक समितिको गत साउन ३२ गते बसेको बैठकले आउँदो असोज ३ गते आठौँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको अनामनगरस्थित क्विन्स क्याफेमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/८८ का लागि प्रस्तावित लाभांश कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार ६० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशतले हुन आउने ६२ लाख १ हजार १६१.०५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
सभाले २० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ३६० रुपैयाँबराबरको १ः२ प्रतिशत अर्थात २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
बोनस तथा हकप्रद सेयर जारीपश्चात पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19