काठमाण्डौ । ङादी ग्रुप पावरको साढे १२ लाख बढी कित्ता अवितरित हकप्रद सेयर आज असोज २ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री राखिएको छ।
कम्पनीले साउन १८ देखि भदौ ७ गतेसम्म १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो।
यो हकप्रद सेयर गत बुधबार बाँडफाँड गरिएको थियो। जसअनुसार कुल कित्तामध्ये ९३ लाख ४६ हजार ६९६ कित्तामा मात्र बिक्री भएको छ।
यो हिसाबले कम्पनीको १२ लाख ५७ हजार २९० कित्ता हकप्रद बिक्री भएन। सोही बिक्री हुन नसकेको सेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।
यो लिलामी सेयरमा योग्य जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० अंकले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौको नक्साल नारायणचौस्थित कार्यालयका साथै सिद्धार्थ बैंकका शाखाहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १३ गते बैंकिङ समयसम्म तोकिएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19