काठमाण्डौ । लिलामीमा राखिएको ङादी ग्रुप पावरको साढे १२ लाख बढी कित्ता अवितरित हकप्रद सेयरमा बोलपत्र पेस गर्ने आज असोज १३ गते अन्तिम दिन रहेको छ।
कम्पनी गत असोज २ गतेबाट १२ लाख ५७ हजार २९० कित्ता हकप्रद लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ।
यो लिलामी सेयरमा योग्य जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० अंकले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौको नक्साल नारायणचौस्थित कार्यालयका साथै सिद्धार्थ बैंकका शाखाहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago