काठमाण्डौ । विभिन्न नीतिगत व्यवस्थाका कारण उद्योग–व्यापार नै धरासायी भएको भन्दै प्रदेश नं. १ का उद्योगीव्यवसायीले आज आइतबार नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय र मुख्यमन्त्रीको सचिवालयमा ज्ञापनपत्र बुझाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टीकाराज ढकालको नेतृत्वमा प्रदेश नं. १ का जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघलगायतमा आबद्ध उद्योगी–व्यवसायीले बैंकिङ क्षेत्रमा गर्नुपर्ने विभिन्न सुधारसहितको १९ बुँदे सुझाव ज्ञापनपत्रमा समावेश गरी बुझाएका हुन्।
ज्ञापनपत्र बुझाउने क्रममा महासंघ प्रदेश नं. १ का अध्यक्ष ढकालले चर्को बैंक ब्याजदरका कारण अहिले उद्योगी–व्यवसायी ठूलो मारमा परिरहेको हुँदा समयमै यसको समाधानका लागि नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई अनुरोध गरे। उनले उद्योगी–व्यवसायीहरुका जायज मागमाथि बेवास्ता गरिए आगामी दिनमा अझ कडा रुपमा विरोधका कार्यक्रम ल्याउनेसमेत चेतावनी पनि दिए।
बैंक तथा वित्तीय संस्थाहरुबाट बैंक ब्याजलगायतका विषयमा गरिएको निर्णयबाट उद्योग–व्यवसाय क्षेत्रमा परेको असरका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको तथा नेपाल राष्ट्र बैंकले जारी गरेको चालुपुँजी कर्जा मार्गदर्शन आजको विषम परिस्थितिमा उद्योग–व्यवसायको प्रकृति नबुझी बैंकिङ क्षेत्रमा देखिएको अस्थिर अवस्थाका कारण उद्योगी–व्यवसायीलाई पलायन हुनबाट जोगाउन अनुकूल वित्तीय वातावरण निर्माणका लागि पहल गर्न ज्ञापनपत्रमा आग्रह गरिएका छन्।
यस्ता छन् उद्योगी–व्यवसायीका सुझाव–
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago