Share Baat Karodpati
काठमाण्डौ । बजारमा आएको छोटो समयमै पाठकको रोजाईमा पर्न सफल सेयर विश्लेषक रविन्द्र भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘सेयरबाट करोडपति’को दोस्रो संस्करण शुक्रबारदेखि बजारमा आएको छ ।
फाइन प्रिन्टको समेत गैरआख्यान विधामा गरिएको पहिलो प्रयोगको रुपमा रहेको पुस्तक ‘सेयरबाट करोडपति’को पहिलो संस्करण अन्तरगत प्रकाशित ५ हजार प्रति पुस्तक एकसाताको सेरोफेरोमै बिक्री भएको थियो ।
पाठकहरुले औधी रुचाएपछि र छोटो समयमा पहिलो संस्करण बिक्री भइसकेर पनि पुस्तकको माग उच्च भएपछि फाइन प्रिन्टले हतार–हतार दोश्रो संस्करण अन्तरगत ५ हजार प्रति पुस्तक नै बजारमा ल्याएको हो ।
शुक्रबारदेखि देशभरका सबै पुस्तक पसल तथा बिक्री केन्द्रहरुमा ‘सेयरबाट करोडपति’ उपलब्ध हुने फाइन प्रिन्टका प्रकाशक निरज भारीले जानकारी दिए । उनका अनुसार पहिलो संस्करण सकिएर छटपटीमा रहेका पाठकहरुले दोश्रो संस्करणको व्यग्र प्रतिक्षाका बीच विभिन्न ठाउँबाट गरी करिब ३ हजार पुस्तक अग्रिम माग गरिसकेका छन् । ‘यो माग वास्तविक हो भने दोश्रो संस्करण समेत छोटो समयमै सकिने संभावना देखिन्छ ।’–भारीले भने ।
पुस्तकका लेखक भट्टराईले दोश्रो संस्करण बजारमा आएकोले आफ्ना पाठकहरुलाई समयमै आफ्नो प्रति सुरक्षित गर्न आग्रह गरेका छन् ।
भट्टराईको यो पुस्तक यसअघि लेखिएका सेयर बजार सम्बन्धी पुस्तक भन्दा सरल, सहज र सर्वसाधारणले समेत बुझ्ने भाषा र शैलीमा लेखिएको छ । प्रतिबिम्बहरुको बेजोड प्रयोगका कारण सेयर बजार र यसभित्रका सानो भन्दा सानो प्राविधिक कुराहरुलाई समेत पाठकले सजिलै बुझ्ने लेखकको दाबी छ ।
पुस्तकको दोश्रो संस्करणमा पहिलो संस्करणमा भएका व्याकरणीय गल्तीहरुलाई सुधार गरिएको छ भने मूल्य यथावत राखिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago