 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल टेलिकमको रोमिङ महसुलमा भारी कटौती गरिएको छ।
नेपाल टेलिकमले रोमिङ महसुल चारगुणाले घटाएको हो। सञ्चारमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले रोमिङ महसुल घटाएको छ।
योसँगै अब नेपाल टेलिकमको रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्दै आएमा अब ७ रुपैयाँमात्रै लाग्नेछ। अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रतिएसएमएस २४ रुपैयाँ लाग्दै आएकोमा अब ७ रुपैयाँमात्रै लाग्नेछ।
उता थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट १३५ रुपैयाँ लाग्दै आएको थियो। अब भने प्रतिमिनेट ५० रुपैयाँमात्रै लाग्ने नेपाल टेलिकमले जनाएको छ।
यस्तै थाइल्यान्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँदा प्रतिमिनेट ९० रुपैयाँ लाग्दै आएकोमा अब प्रतिमिनेट २५ रुपैयाँमात्रै लाग्ने भएको छ। थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट एसएमएस गर्दा प्रतिमिनेट ३४ रुपैयाँ लाग्ने गरेकोमा घटाएर अब १० रुपैयाँ कायम गरिएको छ।
यसैगरी नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा हाल प्रतिएमबी ४० रुपैयाँ लाग्दै आएकोमा त्यसलाई घटाएर अब प्रतिएमबी ५ रुपैयाँ कायम गरिएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19