काठमाण्डौ । कोरोनाभाइरस संक्रमण निको भएर वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट चारमहिने शिशुसहित एकै परिवारका १८ जना डिस्चार्ज भएका छन्।

अस्पतालका अनुसार वीरगन्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका १८ जना सदस्यहरुलाई पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार राति डिस्चार्ज गरिएको हो। डिस्चार्ज हुनेमा चारमहिने शिशुदेखि ६६ वर्षे वृद्धसम्म छन्।

गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि यो परिवारका सबै सदस्यहरुको कोरोना परीक्षण गरिएको थियो। परीक्षणको ३ दिनपछि वैशाख २४ गते उनीहरु १७ जनामा संक्रमण पुष्टि भएको थियो।

यसअघि गत शनिबार नाराणी अस्पतालबाट ९ जना डिस्चार्ज भएका थिए।