-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने २ दिन घटेको  छ। अघिल्लो साता १८६६.७९ मा बन्द भएको बजार यो साता १९३४.४८ मा बन्द भएको छ। यस हिसाबले यो साता  बजारमा ६७.६९ अंकले बढोत्तरी आयो ।

अघिल्लो साता दोस्रो बजारमा  ४१.७७ अंकले गिरावट आएको थियो ।  

यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा ६ अर्ब ५२ करोड २० लाख बराबर कारोबार भयो । यस्तो करोबार अघिल्लो साता ४ अर्ब ६७ करोडको मात्रै भएको थियो । यस हिसाबले अघिल्लो साताको तुलनामा यो साता  कारोबार र सूचक दुवैमा बढोत्तरी  आएको छ।

प्राविधिक पक्ष

क्याण्डल स्टिकको आधारमा 
साप्ताहिक रुपमा  बजारलाई हेर्दा यो साता बजारमा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ ।  बुलिस इन्गलफिङ
भनेको यदि अघिल्लो क्याण्डल रातो र छोटो बन्छ र त्यसपछि बन्ने क्याण्डल लामो र हरियो क्याण्डल बन्छ अर्थात अघिल्लो रातो क्याण्डलाई पछिल्लो हरियो क्याण्डलले पूरै ढाक्छ भने त्यसलाई बुलिस इन्गलफिङ क्याण्डल भनेर बुझिन्छ ।  

अघिल्लो साता करिब ४१ अंकले गिरावट आएको बजारमा यो साता करिब ६८ अंकले बढोत्तरी आयो । यी दुई साताका क्याण्डलहरुलाई मिलाएर हेर्दा नेप्सेको चार्टमा बुलिस इन्गलफिङ प्याट्रन बनेको हो । यसले बजार माथि जाने संकेत गर्छ । ( माथिको तस्विरमा )

बोलिङ्गर, म्याक्डी र आरएसआई 

बजारलाई साप्ताहिक रुपमा नै बोलिङ्गर ब्याण्डमार्फत हेर्दा अप्परब्यान्ड र लोअर ब्याण्डको दूरी साँघुरिएको देखिन्छ । यसले बजारमा ट्रेण्ड रिभर्सलको संकेत गर्छ । म्याक्डीमार्फत हेर्दा बजारमा करिब ५ साता अगाडि बनेको वियरिस क्रसओभर हालसम्म पनि भ्यालिड रहेको छ ।

हिस्टोग्राम नेगेटिभ नै रहेको छ । यो साता हिस्टोग्राम फिक्का बनेको छ । आरएसआईमार्फत हेर्दा बजार बुलिस डाइभर्जेन्स बनेको देखिन्छ । साप्ताहिक रुपमा हाल आरएसआई ४५ को विन्दुमा रहेको छ । 

सुपर ट्रेण्ड 


सुपर ट्रेण्डमार्फत बजारलाई हेर्दा यो साता दैनिक चार्टमा बुलिस क्रसओभर  बनेको छ । मूल्यरेखाहरुले ट्रेण्डलाईनलाई तलबाट काटेर माथि गएको छ । योसँगै सुपर ट्रेण्डको रंग पनि रातोबाट हरियो बनेको छ । दैनिक चार्टमा बजार बुलिस सिग्नल दिएको छ, तर साप्ताहिक रुपमा भने बजार अझै बुलिस बनिहालेको अवस्था छैन । 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 
प्रतिरोध १– १९११
प्रतिरोध २– १९५६
प्रतिरोध ३– १९८३

पिभट प्वाइन्टः  १८८३

घटेमा सपोर्ट 
सपोर्ट १– १८४० 
सपोर्ट २– ११८११
सपोर्ट ३– १७६६

निश्कर्ष: यो साता सेयर बजारमा करिब ६८ अंकको बढोत्तरी आयो । अघिल्लो सातासँग बजारलाई तुलना गरेर हेर्दा यो साता कारोबार र भोलुम  दुवैमा बढोत्तरी आयो । अघिल्लो साताहरुमा लगतार ४ साता घटेको बाजारमा यो साता ब्रेक लाग्यो । यस हिसाबले यो साता नेप्सेको चार्टमा बुलिस इन्गल्फििङ प्याट्रन बनेको छ । यस हिसाबले आगामी साता बजारले एक दुई दिन करेक्सन आएर पुनः माथिको यात्रा तय गर्न सक्छ । 
(नोट-सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यस्ता प्राविधिक विश्लेषणलाई कुनै पनि कारोबारका लागि सिफारिस मान्नुहुँदैन ।)