काठमाण्डौ। पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको शनिबार आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिले २४ घन्टाको अवधिमा कपिलवस्तु १०९, सर्लाही १७, दैलेखका १४, सिरहा ११ र सप्तरीका ९ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। त्यस्तै धनुषाका ७, रौतहटका ६, दाङका ५, महोत्तरीका ४, पर्सा र संखुवासभाका २÷२ जनामा तथा झापा, ललिपुर र ललितपुरका एकएकजनामा कोरोना पोजेटिभ देखिएको हो। यीमध्ये ४ महिला छन् भने बाँकी पुरुष छन्।
पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन्। बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन्। यीसँगै संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन्।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ।
क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन्। आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ।
शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन्। पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ २९ परीक्षणहरु गरिएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago