काठमाण्डौ । बजेट कार्यान्वयन गर्न बनेको आर्थिक विधेयकमार्फत सरकारले कोभिड प्रभावितहरुलाई छुट अफरहरु सार्वजनिक गरेको छ । 

कोभिड १९ संक्रमणबाट प्रभावित कारोबारहरुमा सरकारले विभिन्न खालका छुटको स्किम सार्वजनिक गरेको हो । 

विधेयकमार्फत भएको व्यवस्थाअनुसार तीस लाख रुपैयाँसममको कारोबार वा ३ लाख रुपैयाँसम्मको आय हुने करदातालाई  २०७८/७९ मा ७५ प्रतिशत कर छुट हुनेछ । 

यस्तै, ३० लाखदेखि १ करोडसम्मको कारोबार हुने करदातालाई  चालु आबमा लाग्ने करमा ५० प्रतिशत छुट हुनेछ । 

होटल, टाभल, चलचित्र व्यवसाय(निर्माण, वितरण तथा प्रदर्शन), पार्टी प्यालेस, सञ्चारगृह(मिडिया हाउस) वा यातायात सेवाको एक करोडभन्दा बढी कारोबार गर्ने बासिन्दा व्यक्तिलाई आ.ब. २०७८ ७९ मा आफ्नो व्यवसायिक उद्देश्य अनुरुपको आयमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने करमा ५० प्रतिशत छुटको घोषणा गरिएको छ ।