काठमाण्डौ। विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
विश्व बैंकले साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। यद्यपि सरकारले चालु आवमा नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्ति गर्ने लक्ष्य राखेको छ।
गत आर्थिक वर्ष २०७६/७७ मा २.१ प्रतिशतले ऋणात्मक रहेको नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा१.८ प्रतिशतमात्र वृद्धिदर भएको विश्व बैंकले जनाएको छ। कोभिड महामारीका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव क्रमशः कम हुँदै जाँदा यसले अर्थतन्त्र विस्तारै सुधारोन्मुख अवस्थामा रहेको पनि विश्व बैंकको भनाइ छ।
यो वर्ष समग्र दक्षिण एसियाली मुलुकले भने आर्थिक वृद्धिदरमा फड्को मार्ने विश्व बैंकको प्रक्षेपण छ। यसमा सबैभन्दा ठूलो योगदान पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकको रहने विश्व बैंकले उल्लेख गरेको छ।
समग्र दक्षिण एसियाको आर्थिक वृद्धिदर भने ७.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ। यसमा सबैभन्दा बढी माल्दिभ्सको ११ प्रतिशत, भारतको ७.५ प्रतिशत र बंगलादेशले ६.४ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरिएको छ।
त्यस्तै सबैभन्दा कम श्रीलंकाको आर्थिक वृद्धिदर २.१ प्रतिशतमात्र रहने विश्व बैंकको प्रक्षेपण छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19