काठमाण्डौ । चालु आर्थिक वर्षको आज असार ३१ गते अन्तिम कारोबार दिन हो।
चालु आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट २८ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन्। यी कम्पनीलाई सेबोनले गत वर्ष साउन ११ गतेबाट यो वर्षको असार २४ गतेसम्म आईपीओ निष्कासनको अनुमति दिएको हो।
चालु आवमा आईपीओ निष्कासनको अनुमति पाउनेमा एउटामात्रै लगानी समूहको कम्पनी रहेको छ भने बाँकी सबै जलविद्युत कम्पनी र लघुवित्त कम्पनी छन्।
आईपीओ निष्कासनको अनुमति पाउनेमा जलविद्युत कम्पनीहरु बढी देखिएका छन्। यो चालु आर्थिक वर्षमा १९ वटा हाइड्रोपावर कम्पनीले आईपीओ अनुमति पाएका छन्।
यसैगरी ८ वटा लघुवित्तले आईपीओ निष्कासनको अनुमति पाएका छन्। एउटा मात्रै लगानी समूहको कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको छ।
यी कम्पनीले २३ अर्ब ४६ करोड ९५ लाख ३७ हजार ९०० रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएका छन्।
ती कम्पनीमध्ये २५ वटा कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् भने ३ वटाले निष्कासन गर्न बाँकी रहेको छ।
सेबोनको पाइपलाइनमा अझै पनि २५ वटा कम्पनीका आईपीओ अनुमतिको पर्खाइमा छन्।
तीमध्ये १४ वटा जलविद्युत, ४ वटा लघुवित्त, २ वटा बीमा, २ वटा होटेल तथा पर्यटन समूहका, २ वटा अन्य समूहका र एउटा लगानी समूहका कम्पनीका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19