काठमाण्डौ । चितवनमा एकैदिन कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको छ।

चितवनको भरतपुर अस्पतालमा उपचाररत तीनजनाको सोमबार दिउँसो र एकजनाको सोमबार बिहान मृत्यु भएको हो। 

दिउँसो मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का एक ६५ वर्षीय पुरुष र अर्की १८ वर्षीया किशोरी छन्। अर्की एक ५५ वर्षीया महिला भने खैरहनी नगरपालिका–१३ की हुन्। बिहान भने ७८ वर्षीय एक वृद्धको मृत्यु भएको थियो। 

दिउँसो ज्यान गुमाएकामध्ये एकजनामा मृत्यु नहुँदै र दुईजनामा मृत्यु भइसकेपछि गरिएको स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। ती तीनैजनामा ज्वरो र श्वासप्रश्वास समस्या देखिएको थियो। 

बिहान मृत्यु भएका वृद्धमा भने पहिले नै कोरोना पुष्टि भइसकेको थियो। यीसँगै चितवनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।