काठमाण्डौ । विश्वभरका वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सिनको विकासमा दिनरात खटिरहँदा चीनका वैज्ञानिकहरुले भने कोरोनाको संक्रमणलाई रोक्न सकिने औषधिको खोजमा सफलता प्राप्त गरेको दाबी गरेका छन्।
चीनको प्रतिष्ठित पेकिङ युुनिभर्सिटीका वैज्ञानिकहरुले आफूहरुले परीक्षण गरिरहेको औषधिले कोरोना संक्रमितलाई चाँडै ठिक पार्नुुका साथै उनीहरुमा केही समयका लागि प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्ने दाबी गरेका छन्। युुनिभर्सिटीको बेइजिङ एड्भान्स्ड इनोभेसन सेन्टर फर जिनोमिक्सका निर्देशक सनी लीले जनावरमा गरिएको परीक्षणमा यो औषधि सफल भएको बताएका छन्। उनले यो औषधिलाई मुुसामा पनि परीक्षण गरिएको बताए।
लीका अनुुसार मुुसामा न्युुट्रलाइजिङ एन्टीबडी इन्जेक्ट गर्दा पाँच दिनपछि मुुसामा भाइरस लोड एकदमै कम देखिएको थियो। मुुसामा देखिएको यस्तो परिणामले औषधिले एकदमै राम्रोसंग काम गरिरहेको संकेत गरेको लीले बताए।
जिनोमिक्सका निर्देशकले यो औषधिको क्लिनिकल परीक्षणको काम जारी रहेको बताए। उनले यो परीक्षण अस्ट्रेलिया या त अन्य देशमा गरिने बताए। उनले यो एन्टीबडीले कोरोनालाई रोक्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए।
चीनका एक अधिकारीका अनुुसार चीन पहिलेदेखि नै कोरोनाविरुद्धको पाँचवटा औषधिलाई मानिसमा परीक्षण गरिरहेको छ। तथापि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्न १२ देखि १५ महिनासम्म लाग्न सक्ने जनाएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19