काठमाण्डौ । चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाइएपछि भारतका घरेलु प्राविधिक कम्पनीको विकासमा सहयोग पुग्ने विश्वसा गर्न थालिएको छ।
विज्ञहरुले भारतले चिनियाँ एपहरुलाई लगाएको प्रतिबन्धका कारण भारतका प्राविधिक कम्पनीहरुको विकासमा सहयोग पुग्ने बताएका हुन्। यसका साथै यसले अमेरिकी दिग्गज कम्पनीहरुलाई समेत भारतमा आफ्नो प्रभाव विस्तार गर्ने अवसर प्रदान गर्ने उनीहरुको ठहर छ।
विश्वको पाचौँ ठूलो अर्थतन्त्रका रुपमा रहेको भारत अमेरिकाका लागि भविष्यको सुनौलो बजारका रुपमा रहेको छ। गत बुधबार भारत सरकारले पब्जीसहित ११८ चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाएको थियो।
भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले चिनियाँ एपहरुले भारतको सार्वभौम सत्ता र अखण्डतामा आँच पुर्याएकाले बन्द गर्नुपरेको जनाएको छ। भारत सरकारले पनि यी एपहरुले भारतका नागरिकहरुको डेटा भारतबाहिरका सर्भरहरुलाई प्रदान गर्ने गरेका कारण प्रतिबन्ध गर्नुपरेको जनाएको छ।
यसअघि भारतले जुन महिनामा ५९ चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाएको थियो। सीमा विवादका कारण २० जना भारतीय सैनिकको मृत्यु भएपछि यी दुई देशबीच तनावको वातावरण सिर्जना भएको थियो।
यो तनाव अहिले फेरि ब्युँतिएको छ। ‘चिनियाँ कम्पनीहरु दर्दनाक पाठ सिकिरहेका छन्। चीनको वैदेशिक नीतिले त्यहाँका कम्पनीहरुको व्यापार हाई ज्याक गरेको छ। भारतसँग चीनको भूराजनीतिका कारण भारतभर चिनियाँ एपहरु प्रतिबन्धित हुनुपरेको छ’, क्यानडामा आधारित सेन्टर फर इनोभेटिङ द फ्युचरमा भूराजनीतिक विश्लेषकका रुपमा कार्यरत अभिसुर प्रकाशले भने।
भारतले एपहरुमात्रै नभई चिनियाँ टेलिकम उपकरण निर्माता हुवावे र जेडटीईले भारतमा गर्ने भनेको फाइभ जी परीक्षणलाई समेत स्थगित गर्ने जनाएको छ। यससम्बन्धी जानकारी ब्लुमबर्गले गत महिना प्रकाशित रिपोर्टमा उल्लेख छ। यदि भारतले यसो गर्यो भने भारत पनि अस्ट्रेलिया र बेलायतलाई पछ्याउन पुग्नेछ।
बेलायत र अस्ट्रेलियाले यसअघि नै हुवावेलाई आफ्नो नेक्सट जेनेरेसन मोबाइल नेटवर्कबाट अलग्याउने निर्णय गरिसकेका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago