काठमाण्डौ । चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाण्डौ आइपुगेको छ।
नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग गत हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए। सोहीमध्येको ८ लाख डोज खोप नेपाल आइपुगेको हो।
यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज उपलब्ध गराइसकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19