काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट आज अर्थात् बिहीबार अपरान्ह भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । नियमसंगत आवेदन दिएका मध्ये १० कित्ताका दरले ८५ हजार ९३० जना आवेदकले कम्पनीको आईपीओ पाएका छन् ।कम्पनीको आईपीओमा २ हजार ३८१ जनाको आवेदन रद्द भएको छ । आवेदन दिएकामध्ये ११ लाख ३१ हजार ९३६ आवेदन स्वीकृत भएको छ ।

कम्पनीको आईपीओमा ११ लाख ३४ हजार ३१७ जनाले आवेदन दिएका थिए ।मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरिएको हो। 

कम्पनीले गत असोज २३ गतेदेखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो।