काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ५२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५१ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा १.२३ प्रतिशतले बढेको छ।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १.७५ प्रतिशतले बढेर ८२ करोड ३४ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ८० करोड ९२ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको सञ्चालन आम्दानी थोरै घटेर ५४ करोड ३२ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ५५ करोड १८ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ६ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ घटेर ३ अर्ब ३९ करोड रुपैयाँको भएको छ। गत वर्ष रिटेन्ड अर्निङ ३ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको ईपीएस १०.२१ रुपैयाँ, पीई रेसियो २९.४० गुणा, प्रतिसेयर नेटवर्थ १५०.३४ रुपैयाँ र तरलता अनुपात १७.३१ प्रतिशत रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago