काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७५ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ७.९२ प्रतिशतले कम हो। 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि ९.३५ प्रतिशतले घटेर ७० करोड ७ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ७७ करोड ३० लाख रुपैयाँ थियो। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४.४९ प्रतिशतले घटेर १ अर्ब १२ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १ अर्ब १८ करोड रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ घटेर ३ अर्ब ३० करोड रुपैयाँमा खम्चिएको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ३ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको ईपीएस ९.४७ रुपैयाँ, पीई रेसियो ५६.६६ गुणा र प्रतिसेयर नेटवर्थ १४५.४९ रुपैयाँ रहेको छ।