काठमाण्डौ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चाल समितिको आज मंगलबार बसेको बैठकले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा हालको चुक्तापुँजी ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८.८८ रुपैयाँको १० प्रतिशतले हुन आउने ५७ करोड ९ लाख ७६ हजार २९३.८८ रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले नै हुन आउने ५७ करोड ९ लाख ७६ हजार २९३.८८ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश स्वीकृतिका लागि बैठकले आउँदो पुस १२ गते आफ्नो २४ औँ वार्षिक साधारणसभा गर्ने निर्णय पनि गरेको छ। 

लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २८ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र साधारणसभामा भाग लिन योग्य हुनेछन्।