काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनमा बनेको अर्को एउटा कोभिड–१९ विरुद्धको खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।
चिनियाँ फार्मा कम्पनी सिनोभ्याकले तयार गरेको खोपलाई डब्ल्यूएचओले आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो। डब्ल्युएचओले यो खोप सुरक्षा र प्रभावका हिसाबले अन्तर्राष्ट्रिय मानकमा सफल रहेको जनाएको छ।
डब्ल्यूएचओकी सहायक महानिर्देशक डा मरियान्जेला सिमाओ विश्वमा कोभिडविरुद्ध थुप्रै खोप आवश्यक रहेको बताउँछिन्। ‘ता कि अहिले विश्वमा खोपको उपलब्धमा देखिएको असमानता हटाउन सकियोस्’, उनले भनिन्।
सिमाओले खोप बनाउने कम्पनीहरुलाई कोभ्याक्ससँग साझेदारी गर्दै आफ्नो डाटा र जानकारी पनि उपलब्ध गराउन आग्रह गरिन्। ‘ता कि हामी यो महामारीमाथि नियन्त्रण पाउन सकौँ’, उनले भनिन्।
खोपको वैश्विक कोभ्याक्स साझेदारीका लागि डब्ल्यूएचओको सहमति आवश्यक हुन्छ। त्यसपछि मात्र खोपको आपूर्ति गर्न सकिन्छ।
यसअघि पनि डब्ल्यूएचओले सिनोफार्माको खोपलाई प्रयोगको अनुमति दिएको थियो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19