 
                     
                                
                             
                                    काठमाण्डौ । चीनको आर्थिक केन्द्र मानिने सांघाईमा लकडाउनपछि कोरोना संक्रमणबाट पहिलोपटक तीनजनाको मृत्यु भएको छ।
स्थानीय स्वास्थ्य आयोगद्वारा जारी विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ। आयोगका अनुसार ती तीनैजनाले कोभिडविरुद्ध खोप लगाएका थिएनन्।
सांघाईमा यसअघि कोभिडका कारण कसैको मृत्यु नभएको दाबी आयोगको दाबी छ। सांघाईमा सोमबार थप २२ हजार २४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोभिड नियन्त्रण गर्ने उद्देश्यले केही सातादेखि सांघाईमा लकडाउन गरिएको छ। ओमिक्रोन भेरिएन्टका कारण कोरोनाको प्रकोप फैलिएको पत्ता लागेपछि लकडाउन जारी गरिएको हो।
दसौँ लाख मानिस अहिले घरभित्र बस्न बाध्य छन्।
कोभिड पुष्टि भएका मानिसलाई छुट्टै राख्न क्वारेन्टिन केन्द्रमा पठाइएको छ। मानिसहरुले प्रतिबन्धबारे तथा खाद्यान्न आपूर्तिमा समस्या देखिएको भन्दै सामाजिक सञ्जालमा गुनासो व्यक्त गरिरहेका छन्। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19