काठमाण्डौ । भिभो सन् २०२२ को पहिलो त्रैमासिकमा चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ।
काउन्टर–प्वइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार समीक्षा अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो। यस त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट प्राप्त भएका सकारात्मक बजार प्रतिक्रियाले यस स्थान हासिल गर्न सहयोग पुर्याएको छ।
स्मार्ट उपकरण र इन्टेलिजेन्ट सेवाहरुमार्फत भिभोले बलियो गति कायम राखेको छ।
काउन्टर–प्वइन्ट रिसर्चका अनुसार २०२१ मा चीनको स्मार्टफोन बजारमा भिभोले २२ प्रतिशतको बजार हिस्सा ओगटेको थियो। विश्वव्यापी विस्तारका साथ हालसम्म भिभोले ६० भन्दा बढी देश र क्षेत्रमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ र विश्वभरका ४०० मिलियन भन्दा बढी प्रयोगकर्ताले मन पराएका छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19