काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट चीनमा लगातार ं६ दिनदेखि एकजनको पनि ज्यान गएको छैन।
कोरोनाभाइरसको उद्गमस्थलमा मानिएको चीनमा यसरी लगातार ६ दिनदेखि कसैको यो संक्रमण ज्यान नजानुले विभिन्न पक्षले सकारात्मक रुपमा लिएका छन्। चीनमा पछिल्लो २४ घन्टामा १० जना नयाँ संक्रमित फेला परेका छन्। जुन मंगलबारको तुलनामा ३० ले कम हो।
यद्यपि चीनमा अहिले विनालक्षणका कोरोना संक्रमितको गन्ती भने अलग्गै गर्न थालिएको छ। बिनालक्षणका संक्रमितको संख्या पनि मंगलबारको तुलनामा बुधबार कम देखिएको छ। बुधबार मध्यरातसम्म २७ जना यस्ता संक्रमित फेला परेका छन्। जब कि मंगलबार यस्ता संक्रमितको संख्या ४२ थियो।
त्यसो त चीनले सार्वजनिक गरिरहेको तथ्यांकमा स्वतन्त्र रुपमा पुष्टि गर्न निकै गाह्रो रहेको छ। त्यसैले कतिपय विश्लेषकहरुले चीनले सार्वजनिक गर्ने तथ्याकंमा विश्वनीयता प्रश्न खडा गरिरहेका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19