काठमाण्डौ । कोभिड–१९ को अहिलेसम्मकै ठूलो लहर चीनमा आएको छ। त्यहाँ कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुले आगामी केही महिनामा देशमा १९ देखि ८० करोड मानिस संक्रमित हुन सक्ने अनुमान गरेका छन्।
एनपीआरको प्रतिवेदनमा चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख हुन सक्ने उल्लेख भए पनि चीनको हालको आधिकारिक तथ्यांक यो संख्याभन्दा निकै कम छ।
चिनियाँ अधिकारीका अनुसार मंगलबारमात्रै ५ जना र सोमबार २ जनाको संक्रमणका कारण मृत्यु भएको थियो।
चीनले जसरी कोभिडबाट हुने मृत्युलाई नियालिरहेको छ, त्यो विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत छ। श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुनेलाई चीनले कोभिडका कारण हुने मृत्युका रुपमा हेरिरहेको छ।
चीनबाहेक जापान र दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण तीव्रगतिमा बढिरहेको छ। –एजेन्सी
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago