काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको डरलाग्दो पाठबाट चीनले असभ्य तौरतरिकामा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय लिएको छ।
चीनले सरसफाइलाई बढाउन दिन असभ्य तौतरिकामा प्रतिबन्ध लगाएको। अब चीनका जनताले हातले छापेर वा टिस्यु तथा रुमाल मुख वा नाकमा राखेरमात्र हाँछ्युवा खोक्न पाउने छन्।
अहिलेको कोरोनाभाइरस महामारीबाट बच्न र आउँदा दिनमा हुने सक्ने यस्तै डरलाग्दा संक्रमणबाट बच्न चीनले आफ्नो नियमावलीमा यस्ता असभ्य तौरतरिकामा प्रतिबन्ध लगाउने नीति समावेश गरेको हो। समाचार एजेन्सी एएफपीका अनुसार सार्वजनिक स्थानमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यस्तो प्रतिबन्ध लगाइएको हो।
यो प्रतिबन्धको मुख्य उद्देश्य भनेको मानिसमा सभ्य व्यवहारप्रति प्रोत्साहित गर्नु नै रहेको चिनियाँ अधिकारीहरु बताउँछन्। यो प्रतिबन्ध उल्लंघन गर्नेलाई कानुनबमोजिम जरिवाना हुने बताइएको छ।
यसैगरी सार्वजनिक स्थलमा हिँड्दा अबदेखि अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम पनि चीनले बताएको छ। यदि अस्वस्थ मानिसले मास्क नलगाई सार्वजनिक स्थलमा हिँडेको फेला परे जरिवाना हुने चिनियाँ अधिकारीहरु बताउँछन्।
यस्तै सार्वजनिक स्थलमा आपसमा १ मिटरको दूरी गर्ने नयाँ नियम पनि चीनले लागूगरेको छ।
यसैगरी मानिसलाई साफ कपडा लगाउन र अर्धनग्न (सर्टलेस) नघुम्न भनिएको छ। जथाभावी थुक्न प्रतिबन्ध लगाउनुका साथै आफ्ना घरपालुवा जनावर (कुकुर र बिरालो) फुकुवा छाड्न, घरबाहिर जथाभावी फोहोर फाँक्ने, खुला स्थानमा शौच गर्न र धूमपान गर्न पनि प्रतिबन्ध लगाइएको छ।
चिनियाँ अधिकारीहरुका यस्ता गतिविधि गरेको पाइएमा कानुनबमोजिम गम्भीर अपराधको मुद्दा चलाई ठूलो धनराशि जरिवाना र कैदसम्म भोग्नुपर्ने नियमावलीमा उल्लेख छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19