 
                     
                                
                             
                                    काठमाण्डौ । वित्त तथा व्यवसायको क्षेत्रमा प्रभाव बढाउन चीनले देशको राजधानी तथा राजनीतिक केन्द्रविन्दुका रुपमा रहेको बेइजिङमा नयाँ स्कट एक्सचेन्ज स्थापना गर्ने भएको छ।
चीनका राष्ट्रपति सी जिङपिङले अन्तर्राष्ट्रिय व्यापार सम्मेलनका क्रममा गत बिहीबार बेइजिङमा आधारित स्टक एक्सचेन्ज स्थापना गर्ने घोषणा गरेका हुन्। उनले बेइजिङलाई आफूले सेवा र आविष्कारसम्बन्धी व्यवसायको केन्द्रका रुपमा विकास गर्न चाहेको उनले बताए। यद्यपि उनले स्टक एक्सचेन्ज स्थापना हुने मिति भने खुलाएनन्।
चीनमा यतिबेला दुईवटा स्कट एक्सचेन्ज सञ्चालनमा छन्। तर यी दुवै स्टक एक्सचेन्जहरु बेइजिङबाट टाढा सेन्झेन र सांघाईमा अवस्थित छन्।
सन् १९९० मा स्थापना भएको सांघाई स्टक एक्सचेन्जमा मुख्यतः ठूलो पूँजी भएका कम्पनीहरुको कारोबार हुने गर्दछ। यसमा सरकारी स्वामित्वका कम्पनी, बैंक र ऊर्जासँग सम्बन्धित कम्पनीहरु रहेका छन्।
त्यस्तै सान्झेन स्टक एक्सचेन्जमा टेक कम्पनी तथा साना र मध्यम कम्पनीहरुको कारोबार हुने गर्दछ।
चीन सरकारका नियामक निकायहरुले निजी स्तरका ठूला कम्पनीहरुलाई नियमनमा कस्दै गएसँगै नयाँ स्टक एक्सचेन्ज स्थापनाको कदम चालिएको हो। पछिल्लो एक वर्षदेखि चीन सरकार ठूला निजी कम्पनीहरुको प्रभाव र शक्तिमा लगाम लगाउन लागिपरेको छ।
सी जिङपिङले नयाँ स्कट एक्सेचन्ज स्थापना गर्ने घोषणा गरेको यो दोस्रोपटक हो। यसअघि सन २०१८ मा चीन र अमेरिकाबीच व्यापार युद्ध उत्कर्षमा रहेका बेला उनले स्टार्टअप कम्पनीहरुका लागि सांघाई स्टक एक्सचेन्जमा प्रविधिमा आधिारित बोर्ड स्थापना गर्ने घोषणा गरेका थिए। चीनका हाई–टेक कम्पनीहरुमा लगानी भित्र्याउनका लागि र पश्चिमी देशका टेक कम्पनीहरुसँग प्रतिस्पर्धामा बल पुर्याउनका लागि यो स्टार मार्केट स्थापना गर्ने लक्ष्य लिइएको थियो। यसपश्चात बोर्डमा ३ सयभन्दा बढी टेक कम्पनीहरु सूचीकृत भएका छन्। यी कम्पनीहरुको बजार पुँजीकरण ७२८ बिलियन डलरभन्दा बढी रहेको छ।
सांघाई र बेइजिङमा सूचीकृत नभएका कम्पनीहरुको सेयर कारोबारका लागि सन् २०१३ मा चीन सरकारले बेइजिङमा ओभर–द–काउन्टर सिस्टम स्थापना गरेको थियो। यसलाई नेसनल इक्विटिज एक्सचेन्ज एन्ड कोटेसन्स (एनईईक्यू) भन्ने गरिन्छ र चीनमा यसलाई ‘न्यू थर्ड बोर्ड’ का रुपमा लिइने गरिन्छ। तर आकार र तरलतामा आएको संकुचनका कारण एनईईक्यू सांघाई र सेन्झेन मार्केटभन्दा पछि परेको छ। यसको सुधारका लागि सी जिनपिङले आह्वान गरेका छन्।
चीनको नियामक निकाय‘चाइना सेक्युरिटिज रेगुलेटरी कमिसन (सीएसआरसी) ले एनईईक्यूबाट छनोट भएका कम्पनीहरु बेइजिङ स्टकमा सूचीकृत हुनका लागि योग्य हुने जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19