काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसबाट अहिले विश्वले व्यहोरिरहेको परिस्थितिको जिम्मेवार चीन देखिए नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्।
ह्वाइटहाउसमा प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ‘कोरोनाभाइरस पहिले चीनमा देखिएको हो, यो सबैलाई थाहा छ’, ट्रम्पले भने, ‘त्यसैले यसलाई सुरुआतमै रोक्न सकिन्थ्यो तर चीन रोक्नेतर्फ खासै प्रयत्न गरेन, अहिले त्यसको परिणाम सारा विश्वले व्यहोर्नुपरिरहेको छ।’
चीनको वुहान सहरमा पहिलोपटक गत वर्ष डिसेम्बरमा देखिएको कोरोनाभाइरसको संक्रमणबाट हालसम्म विश्वमा १ लाख ५७ हजार मानिसको ज्यान गइसकेको छ। यो सबैको जिम्मेवार चीन नै हो त भन्ने सञ्चारकर्मीको जिज्ञासामा ट्रम्पले भने, ‘यदि चीनले जानीबुझी विश्वलाई यो भाइरसको जन्जालमा फसाएको हो भने त्यसको नतिजा त उसले भोग्नै पर्छ।’
ट्रम्पले यदि चीनबाट कतै भूल नै भएको त भूललाई माफ गर्न सकिने पनि बताए। ‘तर जानीजानी यो भाइरस फैलाउने हर्क गरेको भए त्यो माफीयोग्य हुने छैन’, उनले चेतावनी शैलीमा भने, ‘यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौँ।
अर्को प्रसंगमा राष्ट्रपति ट्रम्पले कोरोनाबाट सबैभन्दा धेरै ज्यान गुमाउने देशमा अमेरिका नभएर चीन नै नम्बर १ रहेको दाबी गरेका छन्। ‘हामी त चीनको आसपास पनि छैनौँ, त्यो तपाइँहरुलाई पनि थाहा भएकै कुरा हो’, ट्रम्पले घुमाउरो पारामा सञ्चारकर्मीलाई भने।
यस्तै ट्रम्पले यो महामारीबाट अमेरिकीमा मृत्युदर युरोपका देशहरुभन्दा कम रहेको बताए। ‘जर्मनी यसको अपवाद हुन सक्ला’, उनले भने, ‘तर ब्रिटेन, स्विट्जरल्यान्ड, बेल्जियम, फ्रान्सको तुलनामा अमेरिकामा मृत्युदर निकै कम छ, अझ स्पेनमा मृत्युदर अमेरिकाभन्दा चारगुणाले बढी छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19