काठमाण्डौ । एनसेलका ग्राहकले यो प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफू अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफूले प्रदान गरेको प्याकहरुले ग्राहकहरुलाई सञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने र यसले सेवा सहज र सुलभ हुने जनाएको छ ।
आफ्ना सञ्चार सेवाका आवश्यकताहरूका आधारमा, ग्राहकहरूलेदैनिक, साप्ताहिक वा मासिक प्याक छनौट गर्न सक्छन्। ग्राहकले कर सहितमात्र रु ४८ मा २४ घन्टा अर्थात १ दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्छन् । ग्राहकले सजिलै एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२५ह्यास डायल गरी यो प्याक लिन सक्छन् ।
डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमा अन्तर्गत ७ दिनको समयसिमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२२ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् । डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्छन् । यसको अर्थ ग्राहकले ५ जीबीको प्याक फेरी किन्दा १० जीबी डेटा प्राप्त गर्छन । त्यस्तै मात्र रु२९ मा ग्राहकले एक दिने १ जीबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२६ह्यास डायल गरि यो प्याक लिन सक्छन् ।
त्यस्तैगरी भ्वाइस सेवा अन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्छन् । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र रु २६५ मा सुचारु गर्न सक्छन् । ग्राहकले स्ट्रिक्स१७११८एस्ट्रिक्स३ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन् । एनसेल एप र वेभसाइट मार्फत पनि यो प्याक खरिद गर्न सकिन्छ ।
अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र रु ९५ मा सुचारु गर्न सक्छन् । ग्राहकलेएस्ट्रिक्स१७११८एस्ट्रिक्स६ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago