काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तले निश्कासन गरेको आइपीओमा आवेदनको अन्तिम तथ्यांक प्राप्त भएको छ ।
कम्पनीको आइपीओमा २ लाख ७७ हजार ६ सय ८८ आवेदकबाट १ करोड ७५ लाख ३ सय कित्ता खरीदका लागि आवेदन परेको हो ।
यो भनेको मागभन्दा ३१.२१ गुणा बढी आवेदन हो ।
यो कम्पनीले निश्कासन गरेको कुल ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता लघुवित्तका कर्मचारीका लागि र ३० हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी ५ लाख ६० हजार ७ सय कित्ता सर्वसाधारणका लागि हुनेछ ।
यही तथ्यांकका आधारमा हिसाब गर्दा समेत १० कित्ताको दरले ५६ हजार ७० जनाले सेयर पाउनेछन् भने बाँकी २ लाख १७ हजार बढीको हात रित्तो हुनेछ ।
कम्पनीको आइपीओ खरीदका लागि इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धको काम एनआइबिएल एस क्यापिटल लिमीटेडले गरिरहेको छ ।
हाल चौतारीको चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओपछि १८ करोड ६० लाखको उचाईमा पुग्नेछ ।
लघुवित्तको कार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखांची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान रहेको छ । २०७२ सालमा बित्तीय सेवा संचालनको अनुमति पाएको यो कम्पनीको हाल ३४ शाखा रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19