काठमाण्डौ । चौतारी लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । 

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार सबै तयारी भनेजसरी अगाडि बढेमा शुक्रबार आइपीओ बाँडफाँड हुनेछ । 

चौतारी लघुवित्तले मंसिर १९ देखि २३ गतेसम्म ५ लाख ६० हजार ७ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । 

कम्पनीको आइपीओमा २ लाख ७७ हजार ६ सय ८८ आवेदकबाट १ करोड ७५ लाख ३ सय कित्ता खरीदका लागि आवेदन परेको हो । 

यो भनेको मागभन्दा ३१.२१ गुणा बढी आवेदन हो । 

यो कम्पनीले निश्कासन गरेको कुल ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता लघुवित्तका कर्मचारीका लागि र ३० हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी ५ लाख ६० हजार ७ सय कित्ता सर्वसाधारणका लागि हुनेछ ।

यही तथ्यांकका आधारमा हिसाब गर्दा समेत १० कित्ताको दरले ५६ हजार ७० जनाले सेयर पाउनेछन् भने बाँकी २ लाख १७ हजार बढीको हात रित्तो हुनेछ ।