काठमाण्डौ । चौतारी लघुवित्तको आइपीओ पूर्वनिर्धारित समय अनुसार आज बाँडफाँड भएको छ । 

यो कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिएकामध्ये २ लाख १७ हजार १ सय २२ जना रित्तो हात फर्किनु परेको छ । 

कम्पनीको आइपीओमा आवेदन दिएकाहरुमध्येबाट गोलाप्रथाद्वारा ५६ हजार ७० आवेदक छनौट गरिएको थियो । धितोपत्रको नयाँ बाँडफाँड निर्देशिकाले न्यूनतम १० कित्ता अनिवार्य गरेकोले ५६ हजार ७० ले १० कित्ताको दरले सेयर पाएका छन् । 

कम्पनीको आइपीओमा परेका आवेदनमध्ये ४ सय ७५ वटा रद्ध भएको छ । 

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार कम्पनीको शेयरमा रितपुर्वक एक करोड ७१ लाख १३ हजार १ सय ३० कित्ता बराबरको लागि एक अर्ब ७१ करोड रुपैयाँ बराबरको आबेदन परेको थियो । 

लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेकोमा ९ हजार ३ सय कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७ सय कित्ताको आज बाँडफाँड भएको हो ।

चौतारीको आइपीओमा ३१ गुणाको हाराहारीमा आवेदन परेको थियो । सेयर तपाईलाई पर्यो कि परेन ? हेर्नलाई सूचि चेक गर्नुहोस्: