काठमाण्डौ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०.८९ प्रतिशत अर्थात् २ करोड २ लाख ६४ हजार २१.५३ रुपैयाँबराबर नगद लाभांश र ७ प्रतिशत अर्थात् १ करोड ३० लाख २० हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश वितरणको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि संस्थाले आगामी वार्षि साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गर्नेछ ।

हालै सार्वजनिक चौथो त्रैमास विवरणअनुसार संस्थाले गत आर्थिक वर्षमा खुद नाफा रु २.८२ करोड आर्जन गर्न सफल भएको थियो । जुन अघिल्लो आर्थिकको तुलनामा १७६ प्रतिशतले बढी हो । 

संस्थाको चुक्ता पुँजी रु. १८ करोड ६० लाख रहेको