काठमाण्डौ । नेप्सेमा सूचिकृत २४ कम्पनीका १ लाख ४७ हजार ४ सय १२ कित्ता सेयर एकैपटक लिलामीबाट बिक्री हुने भएको छ । 

गत पुस ९ गते परिपक्व भएको सिद्धार्थ क्यापिटलको पहिलो म्युचुअल फण्ड ‘सिद्धार्थ लगानी वृद्धि योजना १’ ले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरी नगदमा परिणत गर्नुपर्ने भएकोले विभिन्न २४ कम्पनीको सेयर आज(पुस २६ गते)देखि लिलामीमा राखेको हो ।

कम्पनीले लिलामी प्रक्रियामा सहभागिताका लागि विभिन्न २४ कम्पनीमध्ये आफूलाई मन लागेको कम्पनीको सेयर के–कति दरमा खरीद गर्न चाहेको हो भन्ने व्यहोरा खुलाई माघ २ गतेभित्र आवेदन दिन सकिने प्रष्ट्याएको छ । 

लिलामीमा आएको सेयरमध्ये सबैभन्दा बढी कित्ता मेगा बैंक लिमीटेडको रहेको छ । बैंकको ७४ हजार ३ सय ७६ कित्ता लिलामीमा आएको हो । यस्तै, सबैभन्दा थोरै कित्ता महुली सामुदायिक लघुवित्त संस्थाको रहेको छ । यो कम्पनीको १ सय ४० कित्ता रहेको छ । 

बोलपत्र आवेदन फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमीटेडबाट प्राप्त गर्न सकिनेछ  ।

बोलपत्र पेश गर्दा उल्लेखित सबै सेयरका लागि प्रत्येक सेयरको  २५, ५०, ७५ प्रतिशत वा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ । 

परेका बोलपत्रहरु माघ ३ गते ७ः३० बजे  बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ । 

कुन कम्पनीको कति लिलामी आएको  छ, हेरौं सूचि :

S.N. Company Share No.
1 Chilime Hydropower Company 5,780
2. Citizens Bank Interational 6,916
3. Laxmi Bank Limited 1,012
4. Laxmi Laghubitta bittiya Sanstha 1,272
5. Tourism Development Bank 19,204
6. Mega Bank Limited 74,376
7. Mahuli Samudyaik Laghubitta  140
8. Nabil Bank Limited Promoter Share 10,668
9. Nepal Investment Bank Promoter share 2,548
10. NMB MicroFinace Biiitya Sastha 164
11. Om Development  Bank Limited 196
12. RaptiVeri Bikas Bank Ltd 1,252
13. RSDC Laghubitta Bittiya sanstha 2,512
14. Sanima Bank Limited 5,804
15. Swodeshi Laghubitta bittiya sastha Ltd 820
16. Soaltee Hotel Ltd 1,468
17. Sanakisan Bikas Bank Limited 5,204
18. Suryodaya Laghubitta Bittiya sanstha 340
19. Samata Micro-finance bittiya sastha 268
20. Swabalamban Bikas Bank Ltd. 2,976
21. Uniliever Nepal Ltd. 848
22. Muktinath Bikas Bank Ltd 972
23. Shine-Resunga Bikas bank 900
24. Sunrise Bank Limited 1,772