काठमाण्डौ । भारतमा चाँडै कोरोनाविरुद्धका ४ वटा भ्याक्सिन उपलब्ध हुने भएका छन्। 

भारतको नीति आयोगका सदस्य डा बी.के. पालले भारतमा कारोनाविरुद्धको खोपको उत्पादन निरन्तर बढिरहेको र चाँडै थप ४ वटा भ्याक्सिन आउन विकास हुन लागेको बताए। यसमा बायो–ईको भ्याक्सिन, जायडसको डीएनएमा आधारित भ्याक्सिन, भारत बायोटेकको नेसल भ्याक्सिन र जिनेवाको भ्याक्सिन उपलब्ध हुने पालले बताए। यसका साथै उनले भारतमा सन् २०२१ को अन्त्यसम्ममा भ्याक्सिनको २०० करोड डोज उत्पादन भइसक्ने पनि जानकारी दिए। 

पालका अनुसार भारत सरकारले कोभिड सुरक्षा स्किमअन्तर्गत जायडस क्याडिला, कायो टेक र जिनेवाको कोरोनाविरुद्धको खोपका लागि रकम जुटाइरहेको छ। यसका साथै भारतका राष्ट्रिय प्रयोगशालाहरुबाट यी खोपहरुलाई प्राविधिक सहायतासमेत प्रदान गरिनेछ।

भारत बायो टेकको नाकबाट प्रदान गरिने सिंगल डोज भ्याक्सिनका लागि केन्द्र सरकारले स्रोत जुटाइरहेको र यो भ्याक्सिन विश्वका लागि गेम चेन्जरका रुपमा साबित हुने पालले दाबी गरे। 

यतिमात्रै नभई भारतमा भ्याक्सिन उत्पादनलाई निरन्तर बढाउने प्रयास भइरहेको छ। सिरम इन्स्टिच्युुटले आफ्नो क्षमतालाई प्रतिमहिना ६.५ करोड डोजबाट बढाएर ११ करोड डोज प्रति डोज पुर्याएको छ। 

भारतले भ्याक्सिनका लागि फाइजर र मोर्डनासँग समेत छलफल गरिरहेको भारतीय मिडियाहरुले बताएका छन्। रिपार्टका अनुसार फाइजरले जुलाई र अक्टोबर महिनाको दौरान भ्याक्सिनको ५ करोड डोज भारतलाई उपलब्ध गराउने प्रस्ताव पेस गरेको छ। तथापि यसका लागि केही सर्तहरु राखिएका छन्। जसमाथि भारत सरकारका अधिकारीहरुसँग छलफल जारी रहेको छ। 

यसैगरी रुसको कोरोनाविरुद्धको स्पुतनिक–भीको उत्पादन भारतमा चाँडो नै गनए लागिएको पालले बताए। यसका लागि रुसले प्राविधिक हस्तान्तरणको काम गरिसकेको र भारतको नीति आयोगका सदस्यहरु रुसका सरकारी अधिकारीसँग छलफलमा रहेका छन् ता कि स्पुतनिकको उत्पादन भारतका अन्य ६ वटा कम्पनीहरुले समेत गर्न सकून्। 

यसैबीचमा भारतको बायोटेक कम्पनीको भ्याक्सिन उत्पादन बढाइने भएको छ। – एजेन्सी