काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले २-३ महिनाभित्रैमा ऋणपत्रहरुको समेत दोश्रो बजारमा सहज कारोबार हुने व्यवस्था मिलाउने भएको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यस्तो जानकारी दिएका हुन् ।
पछिल्लो समय नेपाल राष्ट्रबैंकले बैंकहरुलाई कोर क्यापिटलको २५ प्रतिशतसम्म ऋणपत्र निश्कासनको व्यवस्था गरेको छ । मौद्रिक नीतिमार्फत भएको यो व्यवस्थापछि बैंकहरुले एकपछि अर्को गर्दै ऋणपत्र निश्कासन गरिरहेका छन् । यस्ता ऋणपत्रहरुको समेत अब दोश्रो बजारमा कारोबार हुने व्यवस्था मिलाउन लागिएको साउदले प्रष्ट्याएका हुन् ।
ऋणपत्र खरीदबिक्रीको प्ल्याटफर्म निर्माण गर्न लागिएको छ ।’ उनले भने–‘अहिले अध्ययन र आवश्यक तयारी भइरहेको छ । २ ३ महिनाभित्रमा यो व्यवस्था भइसक्नेछ।’
उनले डेरिभेटिभ मार्केटका लागि पनि विज्ञहरुले अध्ययन गरिरहेका समेत खुलाए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago