काठमाण्डौ । ह्वाट्सएप सन् २००९ मा सुरु भएको थियो। हालसम्म ह्वाट्सएपमा धेरै नयाँ फिचर समावेश गरिएको छ। तर, अहिलेसम्म युजर इन्टरफेसमा खासै बदलाव गरिएको छैन। 

अब छिट्टै युजर इन्टरफेसमा बदलाव हुँदैछ। ह्वाट्सएपमा नयाँ फ्लोटिङ एक्सन बटन देखा पर्न लागेको हो।

यो परिवर्तनको प्रमाण ह्वाट्सएप बिटाको एन्ड्रोइड संस्करण २.२३.१०.६ मा देखिएको छ। यसमा बटन नेभिगेसन बारलाई पुनः डिजाइन गरिएको छ। रिपोर्टहरुले दाबी गरेको छ कि ह्वाट्सएपले चाँडै सम्पूर्ण एपमा परिवर्तन सुरु गर्न सक्छ।

ह्वाट्सएप बिटाको एन्ड्रोइड संस्करण २.२३.१२.३ मा रिडिजाइनको कन्फर्मेसन भएको छ। यस अपडेटमा नयाँ शैली टगल देखाइएको छ। यो परिवर्तन मटेरियल डिजाइन ३ को गाइडलाइन्समा गरिनेछ। यो गाइडलाइन्समा प्रयोगकर्ताको ध्यान सबै स–साना डिटेल्समा ल्याउने रहेको छ। 

नयाँ बदलावहरु ह्वाट्सएप बिटाको एन्ड्रोइड भर्जन २.२३.१२.१५ मा देख्न सकिन्छ। फ्लोटिङ एक्सन बटनको सहायताले प्रयोगकर्ताले नयाँ च्याट र नयाँ समूह बनाउन सक्छन्। नयाँ फ्लोटिङ बटन वर्ग आकारमा बनाइएको छ, जब कि पुरानो फ्लोटिङ बटन गोलाकार आकारमा रहेको छ। 

हाल यो नयाँ फ्लोटिङ बटन विकासको चरणमा छ। अहिले यसको परीक्षण बिटा संस्करणमा भइरहेको छ। चाँडै सबै परीक्षण पूरा भएपछि यो स्टेबल भर्जनका लागि जारी गरिनेछ। यद्यपि यो कहिलेसम्म जारी रहने भन्नेबारे कम्पनीले आधिकारिक जानकारी दिएको छैन। –एजेन्सी