काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाको २२ औंं वार्षिक साधारण सभा  सम्पन्न भएको छ । 

सभामा कम्पनीका अध्यक्ष रामचन्द्र जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
 

सभाले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९/८० को मुनाफावाट १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरि कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ ।
त्यसैगरी, सभाले चुक्तापूँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँबाट बृद्धि गरि २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार १०० रुपैयाँ पु
 र्‍याउने निर्णय समेत पारित गरेको छ । 

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा, जोशीले कम्पनीको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राखेका थिए ।

 

 

 काठमाण्डौको मध्यवानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको उक्त कम्पनीले हाल सम्ममा ६९ जिल्लामा १९७ वटा शाखामार्फत कुल ४ लाख १९ हजार ८१९ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको  बताएको छ ।

२०५८ सालमा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब २ करोड ५० लाख ३ हजार १९५ रुपैयाँ ९३ पैसा खुद मुनाफा आर्जन गरेको पनि सो अवसरमा जानकारी दिइएको थियो ।