काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावरले निश्कासन गरेको आइपीओमा दोश्रो दिनसम्म थामिनसक्नुु आवेदन परेको छ । दोश्रो दिनसम्म माग गरेभन्दा करिब १० गुणा बढी आवेदन परेको बिक्री प्रबन्धकको काम गरिरहेको ग्लोबल आइएमई क्यापिट लिमीटेडले जनाएको छ । 

आस्वा र परम्परागत शैलीबाट देशभरबाट कुल १६ हजार ६ सय २१ जनाले ८१ करोड ८४ लाख बढीको आवेदन दिएका बताइएको छ । आस्वाबाट ४१ करोड ९७ लाख र आस्वा प्रणालीबाट १७ करोड ९८ लाख बराबरको आवेदन परेको बताइएको छ । यो कम्पनीले ५ करोड ४० लाख रुपैयाँको आइपीओ निश्कासन गरेको हो । 

आइपीओका लागि आवेदन दिने बिहीबार अन्तिम दिन हो । यो कम्पनीको आइपीओका लागि आवेदन दिने समय जेठ १४ गतेदेखि तोकिएको थियो । 

आवेदकले न्यूनतम ५० कित्तादेखि अधिकतम २ हजार ७ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो जलविद्युत कम्पनीले १० हजार ८ सय कित्ता आफ्ना कर्मचारीका लागि, २७ हजार कित्ता १० वटा म्युुचुुअल फण्डहरुका लागि र बाँकी सर्वसाधारणका लागि छुट्याएको छ । 

यो कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ । हाल यो कम्पनीको चुक्तापुँजी २१ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओ बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी २७ करोड पुुग्नेछ । 

हालै, छ्याङ्दी हाइड्रोपावर कम्पनीले २ करोड ७० लाख मूल्य बराबरको आइपीओ आयोजना प्रभावित लमजुङका स्थानीयका लागि जारी गरेको थियो । 

आइपीओपछि संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणको कम्पनीमा सेयर स्वामित्व संरचना ७०ः१०ः२० मा रुपान्तरण हुनेछ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ‘ग्रेड फोर’को रेटिङ प्रदान गरेको छ । 

यो कम्पनीले लमजुङ जिल्लामा हाल २ मेगावाटको चण्डी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कहाँ–कहाँबाट दिने आवेदन ?
१.ग्लोबल आइएमई क्यापिटल लिमीटेड, जमल काठमाण्डौ ।सम्पर्क: ०१-४२२२४६०
२.छ्याङ्दी हाइड्रोपावर लिमीटेड, गौरीधारा काठमाण्डौ । सम्पर्क: ०१४४२६४८३
३.ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु । सम्पर्क:०१-४४४६१५०
४.काठमाण्डौ क्यापिटल मार्केट लिमीटेड, काठमाण्डौ प्लाजा, काठमाण्डौ । सम्पर्क:९८५१०८५०१०
५.प्रभू क्यापिटल लिमीटेड, कमलादी काठमाण्डौ । सम्पर्क:०१-४२२२३९३
६.जनरल फाइनान्स लिमीटेडका शाखा कार्यालयहरु चावहिल र न्यूरोड काठमाण्डौ । सम्पर्क:९८४००५५०२३
७.रिलायवल क्यापिटल लिमीटेड, सुन्धारा काठमाण्डौ । सम्पर्क:९८५११८७०६०
८.एनसिएम मर्चेन्ट बैकिङ लिमीटेड, कमलपोखरी काठमाण्डौ । सम्पर्क:०१-४४२८५५०
९.एनआइसी एशिया क्यापिटल लिमीटेड, बबरमहल काठमाण्डौ । सम्पर्क:९८५११९३४७१
१०.सानिमा क्यापिटल लिमीटेड, नक्साल काठमाण्डौ । सम्पर्क:९८४९५०५६९६
११.सिभिल क्यापिटल मार्केट लिमीटेड, कमलादी काठमाण्डौ । सम्पर्क:९८५२०५३२२२
१२.भिबोर क्यापिटल लिमीटेड, पुल्चोक ललितपुर । सम्पर्क:०१-५५५४७९३
१३. नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी आस्वा  सेवामा सहभागी बैंक तथा बित्तीय संस्थाहरु र तिनका शाखाहरु ।