काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमीटेडले निश्कासन गरेको ५ करोड ४० लाख मूल्यको ५ लाख ४० हजार कित्ता आइपीओमा करिब ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।
जेठ १४ गतेदेखि खुलाइएको आइपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन थियो । बिहीबारसम्म देशभरका परम्परागत संकलन केन्द्र र आस्वा प्रणालीबाट समेत गरी करिब ९० हजार ९८ वटा आवेदन परेका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले जनाएको छ । यो तथ्यांक सामान्य बढ्नसक्नेछ ।
अन्तिम दिन मात्रै यो कम्पनीको आइपीओमा परम्परागत प्रणालीबाट ४७ करोड २६ लाख बराबरको आवेदन परेको छ भने आस्वाबाट १ अर्ब ४६ करोडको आवेदन परेको बताइएको छ । अन्तिम दिन ३५ हजार २ सयले आस्वामार्फत र १५ हजार ५ सयले परम्परागत प्रणालीमार्फत आवेदन दिएका छन् ।
एकलाख भन्दा कम आवेदन परेको खण्डमा त्यस्ता सार्वजनिक निश्कासनहरुको बाँडफाँड ४० दिनमा सक्नुुपर्ने व्यवस्था छ । यही कारण आगामी असार तेश्रो सातासम्म यो कम्पनीको आइपीओ बाँडफाँड भइसक्नेछ ।
आवेदकले न्यूनतम ५० कित्तादेखि अधिकतम २ हजार ७ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो ।
यो जलविद्युत कम्पनीले १० हजार ८ सय कित्ता आफ्ना कर्मचारीका लागि, २७ हजार कित्ता १० वटा म्युुचुुअल फण्डहरुका लागि र बाँकी सर्वसाधारणका लागि छुट्याएको छ ।
यो कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ । हाल यो कम्पनीको चुक्तापुँजी २१ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओ बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी २७ करोड पुुग्नेछ ।
हालै, छ्याङ्दी हाइड्रोपावर कम्पनीले २ करोड ७० लाख मूल्य बराबरको आइपीओ आयोजना प्रभावित लमजुङका स्थानीयका लागि जारी गरेको थियो ।
आइपीओपछि संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणको कम्पनीमा सेयर स्वामित्व संरचना ७०ः१०ः२० मा रुपान्तरण हुनेछ ।
इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ‘ग्रेड फोर’को रेटिङ प्रदान गरेको छ ।
यो कम्पनीले लमजुङ जिल्लामा हाल २ मेगावाटको चण्डी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
१० कित्ताको नियम लागूू नहुने
नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार संस्थागत लगानीकर्ताहरुले छ्यांग्दीको आइपीओ नभरेका र भरेकालाई समेत बिक्री प्रबन्धकले पैसा फिर्ता गर्ने उल्लेख गर्दै सर्वसाधारणलले न्यूनतम १० कित्ता पाउने नियम भने लागू नहुने प्रष्ट पारेका छन् । ‘आस्वा साउनदेखि अनिवार्य हुँदैछ ।’ उनले भने–‘त्यसपछि मात्र न्यूनतम १० कित्ताको नियम लागूू हुनेछ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago