काठमाण्डौ । लाभांश र हकप्रद सेयर पारित गर्ने मुख्य अजेन्डासहित छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते काठमाण्डौको नक्सालस्थित नक्लास बैंक्वेटमा गर्ने निर्णय गरेको हो ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने भनी कम्पनीले प्रस्ताव गरेको कुल ५.२६ लाभांश र हकप्रद सेयर जारी गर्ने मुख्य अजेन्डा छलफल गरी पारित हुनेछन् ।
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ वितरण गर्ने भनिएको ०.२६ नगद लाभांश पारित हुनेछ ।
बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजी २८ करोड ३५ लाख रुपैयाँको १०ः३ अनुपातमा हुन आउने ८ करोड ५० लाख ५० हजार रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पारित हुनेछ ।
साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago