काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार घटाएको छ। 

कम्पनी सञ्चालक समितिको मंगलबार (चैत २१ गते) बसेको बैठकले प्रस्तावित हकप्रद सेयरको आकार घटाएर १०० प्रतिशत अर्थात १ः१ अनुपात कायम गर्ने निर्णय गरेको हो। यसअघि गत फागुन १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १ः१.५ प्रतिशत १५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको थियो। 

उक्त निर्णय स्वीकृतिका लागि कम्पनीले नियामक निकायमा पठाएको थियो। अहिले नियामक निकायकै निर्देशनमा कम्पनीले हकप्रद सेयरको आकार घटाएर १०० प्रतिशतमा झारेको हो। 

कम्पनीबाट प्रस्तावित १०० प्रतिशत हकप्रद नियमनकारी निकायबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ।