काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ। 

कम्पनी सञ्चालक समितिले हकप्रद सेयरको बिक्री प्रबन्धकमा बीओके क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो। यस विषयमा दुवै पक्षबीच सम्झौता पनि भएको छ। 

छ्याङ्दी हाइड्रोपावरको गत वैशाख २८ सम्पन्न नवौँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ। 

कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको हकप्रद जारी गर्ने तयारी गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद जारी गर्नेछ।