काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आउँदो माघ ११ गतेबाट सेरधनीहरुलाई हकप्रद निष्कासन गर्ने भएको छ। 

कम्पनीले १०ः३ अर्थात चुक्तापुँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँबराबरको हकप्रद निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता सेयर निष्कासन गर्नेछ। 

यो हकप्रदमा नेपाल धितोपत्र बोर्डको इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद फागुन २ गते बैंकिङ समयसम्म तोकिएको छ। 

कम्पनीको यो हकप्रदलाई धितोपत्र बोर्डले गत पुस १ गते निष्कासन अनुमति दिएको थियो। 

धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ। 

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले गत पुस २१ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो हकप्रदमा आवेदन दिन योग्य भएका छन्।