काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज फागुन २ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत माघ ११ गतेबाट सेयरधनीहरुका लागि १०ः३ अर्थात चुक्तापुँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँबराबरको हकप्रद निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता सेयर निष्कासन गरेको छ। 

यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ। 

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले गत पुस २१ गते बुक क्लोज गरेको थियो। यसको अर्थ गत पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्। 

यो हकप्रदमा नेपाल धितोपत्र बोर्डको इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद फागुन २ गते बैंकिङ समयसम्म तोकिएको छ। 

कम्पनीको यो हकप्रदलाई धितोपत्र बोर्डले गत पुस १ गते निष्कासन अनुमति दिएको थियो। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ।