काठमाण्डौ । सरकारले जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिएको छ। 

संघीय संसदको संयुक्त बैठकमा आज आगामी वार्षिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी वर्षदेखि जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिने जानकारी गराएका हुन्। ‘सरकारले आगामी वर्षदेखि जग्गाको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउनेछ’, उनले भने। 

लिजमा उपलब्ध गराइएका जग्गाको प्रयोग उद्देश्यअनुसरुप प्रयोग भएको वा नभएकोसमेत कडाइका साथ अनुगमन गर्ने नीति सरकारले लिने भएको छ।